बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिकालाई चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहापुर स्थित न्यू अल्पाइन होटलमा ०७७ फागुन ८ गते सामूहिक बलात्कार गरेको आरोपमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ घर भई काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–१४ बस्ने ३५ वर्षीय सागर साही र कैलाली जिल्ला गोदावरी नगरपालिका–३ मस्ताखेतीका १९ वर्षीय सन्देश बास्कोटाविरूद्ध पीडित पक्षले महानगरीय प्रहरी परिसर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र काठमाडौँमा असोज १२ गते उजुरी दिएको छ ।
उक्त घटनामा संलग्न आरोपितमध्ये सन्देश बास्कोटालाई प्रहरीले काठमाडौँबाट असोज १२ गते गिरफ्तार गरेको छ ।
घटनस्थल रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा भएकाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा जबरजस्ती करणी शीर्षकमा असोज १४ गते मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।
आरोपितमध्ये सागर साही 'फरार' रहेको डिएसपी लामिछानेले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा असोज १४ गते गरिएको छ ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…