बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७८ भदौ १९ गते

१५ वर्षीया बालिकालाई माधवनारायण नपा–३ का २५ वर्षीय किसन सहनी र पहिचान नखुलेका दुई जना व्यक्तिको समूहले भदौ १५ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १७ गते उजुरी दर्ता गराएका छन् ।

पीडित बालिका घाँस काट्न गएको बेला डर त्रास देखाई आरोपित सहनी र अन्य दुई जनाले बलात्कार गरेको
पीडित पक्षको आरोप छ ।

बलात्कार गरेको आरोपमा सहनीलाई भदौ १६ गते राति सखुअवा टोलबाट गिरफ्तार गरेको र पहिचान नखुलेका दुई जना आरोपित फरार रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण शिवनगरमा रहेको सरकारी अस्पतालमा भदौ १६ गते गरिएको छ ।


कोपिला तिमल्सिना