बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७८ भदौ १२ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १० गते चन्दननाथ नगरपालिका– ९ तलिउमका २० वर्षीय  विशाल सार्की र सोही वडाका २० वर्षीय कमल सार्कीविरूद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् ।

युवतीलाई आरोपितहरूले  ७ गते सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख रहेको डिएसपी दानबहादुर थापाले बताउनुभयो ।

यस्तै ४५ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ९ गते तिला गाउँपालिका–८ का २८ वर्षीय जीवन रावतविरूद्ध पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको डिएसपी थापाको भनाइ छ ।

डिएसपी थापाका अनुसार पीडित महिलालाई आरोपितहरूले डर देखाएर भदौ ८ गते बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

दुइओटा बलात्कार घटनाका तीन जना आरोपितलाई प्रहरीले भदौ ९ गते निजहरूका घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

दुइजना पीडितको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भदौ १० गते गरिएको अस्पतालका डाक्टर राजिव शाहले बताउनु भयो ।


मानदत्त रावल