बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खप्तडछान्ना गाउँपालिका–३ का ३५ वर्षीय महेन्द्र रावलविरुद्ध पीडित पक्षले भदाै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

साउन २४ गते घरमा एक्लै भएको समयमा १२ बजे राति घर भित्र प्रवेश गरेर आरोपितले बलात्कार गरेकोले प्रहरीमा उजुरी दिएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले भदौ २ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका कारण आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खडकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।


उत्तमकुमार थापा