बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०७८ भदौ १ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका-६ का २८ वर्षीय राजकुमार यादवविरुद्ध साउन ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २९ गते गरिएको छ ।


जयकृष्ण यादव