बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७८ साउन १ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवाही गोनाही नपा—१ का ४० वर्षीया राकेश राउत कुर्मीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय गरुडामा साउन १ गते उजुरी दिएकी छन् ।

असार ३१ गते मध्यराति सुतिरहेको बेला घरभित्र प्रवेश गरी आरोपित कुर्मीले ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाले हारगुहार गरेपछि आरोपित कुर्मी ‘फरार’ भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गौरमा साउन १ गते गरिएको छ । आरोपित कुर्मीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले बताउनु भयो ।


कोपिला तिमल्सिना