बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७८ वैशाख ६ गते

३२ वर्षीया महिलालाई ०७७ चैत १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बाँके जिल्ला कोहलपुर नपा–२ आनन्दनगरका ३२ वर्षीय रमेश मिजारविरुद्ध वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा वैशाख ६ गते गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको र आरोपितको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी