बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७७ चैत २९

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदवारी नगरपालिका–८ का ३४ वर्षीय सुमन पाण्डेविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ कात्तिक १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

घटना लगत्तै आरोपित फरार भएको र पीडित पक्षको उजुरीका आधारमा आरोपितको खोजी थालिएको डिएसपी मल्लले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २७ गते गरिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा सात महिनाको गर्भ रहेको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।

स्वास्थ्य परीक्षणपछि मात्र पीडित पक्षले आरोपितविरूद्ध उजुरी दिएको डिएसपी मल्लले बताउनु भएको छ ।


भविन कार्की