बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा समशेर भनिने ७० वर्षीय प्रेमनाथ उप्रेतीविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दर्ता गरिएको छ ।

पीडित बालिकालाई आरोपितले असार २२ गते बलात्कार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी परेको हो । आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार असार २२ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरद खत्रीले बताए ।


सीताराम अधिकारी