बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलागुफा नपा–११ ढिम्नीया निवासी नेपाली सेनामा कार्यरत सिपाही २२ वर्षीय वीरेन्द्र शाहीविरूद्ध पीडितले असोज २ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
पीडित बालिकालाई कालिकोटस्थित रणसुर गुल्ममा कार्यारत आरोपित शाहीले भदौ १३ गते बलात्कार गरेको र प्रहरीमा उजुरी नगर्न धम्क्याएको भन्दै सहयोगका लागि पीडित बालिकाले इन्सेकमा पनि निवेदन दिएकी छन् ।
पीडित बालिकाले अवश्यक कानुनी प्रक्रिया तथा आर्थिक सहायतका लागि मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेकमा निवेदन दिएकी हुन् ।
पीडित बालिकाले आरेपितविरूद्ध बलात्कारको शीर्षकमा उजुरी दिएको र नेपाली सेना रणसुर गल्मलाई पत्र लेखी पठाइएको हुनाले प्रक्रियामा ढिलाइ भएकाले समयमा उजुरी दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते गरिएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख भिष्म पाख्रेलले बताउनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…