बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

  ०७६ पुस ५ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फिदिम नपा–८ का २२ वर्षीय बालकुमार गुरुङविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका डिएसपी शिद्धराज न्यौपानेले जानकारी दिनुभयो ।
पीडित युवतीलाई आरोपितले गत मङ्सिर ३० गते बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितका आफन्तले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण तथा उपचार पुस ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।
पीडितको उजुरी दर्ता भएकै दिन आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरे पश्चात अनुसन्धान थालिएको डिएसपी न्यौपानेले बताउनुभयो ।


मङ्गल बेघा