बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२७ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ७ गते गैडहवा गाउँपालिका–३ का ३५ वर्षीय दिपेन्द्रकुमार आरखविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई विवाहको प्रलोभन देखाएर आरोपितले भदौ ३० गते बुटवलस्थित आफ्नो कोठामा लगेर बलात्कार गरी फरार रहेको भन्दै पीडत महिलाले उजुरी दिएकी हुन् ।

आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ७ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.