बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–१३ का ४० वर्षीय कोठी यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत ४ गते उजुरी दर्ता गराएको छ ।
पीडित बालिकालाई आरोपितले डर र प्रलोभन देखाएर चैत ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको थियो ।
पीडितकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका सई डेलम्बर घिमिरेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ४ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…