बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७३ फागुन ९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा च्याङ्ग्रे गाविस ६ का ४५ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बजार जाँदा मोटरसाइकलमा लिफ्ट दिन्छु भन्दै गत माघ १५ गते बलत्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य चौकी च्याङ्ग्रेमा ०७३ माघ १६ गते गरिएको थियो । पूर्व गाविस सचिव समेत रहेका श्रेष्ठले बलात्कारपछि रकम दिएर मिलाउन खोजेपछि उजुरी गर्न ढिलाई भएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षले उजुरी दिएको र उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राधाप्रसाद पराजुलीले बताए ।


किरण राइ