बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का २१ वर्षीय पर्शुराम मौर्य र सोही ठाँउका २५ वर्षीय रिक्की मौर्यविरूद्ध इलाका प्रहरी कार्यालयमा असोज १६ गते उजुरी दर्ता गरिएको छ ।

पीडित युवतीलाई आरोपितले जागिरको प्रलोभन देखाएर असोज ६ गते बलात्कार गरेको भन्दै पीडितले असोज १६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण असोज १६ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा विसी