बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ असोज १५ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोदीगाउँपालिका–१ भूक देउराली बस्ने २२ वर्षीय सविन छन्त्यालविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गरेका छन् ।

पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरी फरार भएको भनी पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले फरार आरोपितको खोजी कार्य जारी रहेको बताए । पीडित बालिकाको स्वास्थ परीक्षण असोज १४ गते जिल्ला स्वास्थ कार्यालय पर्वतमा गरिएको छ ।


सन्तोष थापा