बलात्कार घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

  ०७३ भदौ १४ गते

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चानुवा गाविस-२ का ४० वर्षीय जितबहादुर रसाईलीविरूद्ध प्रहरीले भदौ १४ गते जिल्ला अदालत धनकुटामा मुद्दा दायर गरेको छ ।

पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितविरूद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमल बस्नेतले बताए ।

पीडित बालिकालाई भदौ ४ गते आरोपितले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ । घटना पश्चात् फरार रहेका आरोपितको खोजी कार्य भई रहेको डिएसपी बस्नेतले बताए ।


सन्तोष रूचाल