बलात्कार घटनाका आरोपितलाई आठ वर्षकैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम नगरपालिका-९ का २० वर्षीय सुरेन्द्र सार्कीलाई जिल्ला अदालतले जेठ १३ गते आठ वर्षकैद सजाय सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले जबरजस्ती करणी महलको ३(२) बमोजिम आठ वर्षकैद र १० हजार रुपियाँ पीडितका नाममा क्षतिपूर्ति भराउने फैसाला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई सार्कीले घुमाउन लाने बहानामा ०७४ असार २२ गते होटलमा लगेर बलात्कार गरेको पाइएको भट्टराईले बताए ।


कोकिला ढकाल