बलात्कार घटनाको कसुरमा जन्मकैद

  ०८१ जेठ २ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बालिकाका ४० वर्षीय बुबालाई जिल्ला अदालतले ०८१ जेठ १ गते जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश आन्नदराज पन्तको एकल इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको सजायका साथै आरोपितले पीडितलाई ५ लाख रुपियाँ क्षतिपूर्ति दिनु पर्ने समेतको फैसला गरेको छ ।

आरोपितले पीडितलाई ०७८ असार २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असार २६ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार २६ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई असार २७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित साउन २१ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार