बलात्कार घटनाका आरोपितलाई कैद तथा जरीवाना

१४ वर्षीया बालिकालाई लहान नगरपालिका–२४ का २३ वर्षीय मनोज दासले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला ०८१ वैशाख १३ गते गरेको छ ।

जिल्ला अदालतका न्यायधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितलाई ४ लाख रुपियाँ जरीवाना र पीडितलाई क्षतीपुर्ती दिनु पर्ने समेतको फैसला भएको हो ।

आरोपितले बालिकालाई ०७९ पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस १५ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई पुस १५ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित माघ १० गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।


दुर्गा परियार