बलात्कार घटनाका आरोपितलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप
बलात्कार घटनामा पीडित ४७ वर्षीया महिलाले प्रहरीले बलात्कार घटनाका आरोपितलाई आश्रय दिएको आरोप लगाउनु भएको छ ।
इलाम नगरपालिका-३ का बलात्कार घटनाका आरोपित ३० वर्षीय सङ्गेश लिम्बूलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप छ ।
पीडितले ०८० असोज ३० गते पत्रकार सम्मेलन गरी बलात्कार घटनाका आरोपित सङ्गेशविरूद्ध भदौ २६ गते प्रहरीमा उजुरी दिँदा प्रहरीले उजुरी नलिएको पीडितको आरोप छ ।
सङ्गेशले आफूलाई ०८० भदौ २३ गते बलात्कार गरेको र बलात्कार घटनाका आरोपितविरूद्ध भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँले भन्नुभयो- प्रहरीले बलात्कार गर्नेलाई आश्रय दिएको छ, मैले प्रहरीमा बलात्कार शीर्षकमा दिएको उजुरी दर्ता नगरी फरक व्यहोरामा बल्लबल्ल प्रहरीले उजुरी दर्ता गरेको छ ।
आफूले प्रहरीमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको, सो उजुरी माग्दा प्रहरीले उजुरी नदिएको र प्रहरीले लेखेको उजुरीका आधारमा अदालतले आरोपितविरूद्ध अनुसन्धानका लागि म्याद नथपेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो । आरोपितविरूद्ध अदालतमा म्याद थप भएन, उल्टै आरोपितले घटना बाहिर ल्याए मार्ने धम्की दिएको छ, प्रहरीले आरोपितलाई संरक्षण गरेको छ, पीडितले पत्रकार सम्मेलनमा भन्नुभयो ।
बलात्कारजस्तो सम्वेदनशील विषयमा उजुरी लिएर जाँदा पीडित महिलाले प्रहरीको दमन खेप्नु परेको देउमाई नगरपालिका-३ का वडासदस्य चन्द्र राईले बताउनु भयो ।
पीडितले आरोपितविरूद्ध प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाई भदौ २६ गते गिरफ्तार गरेको भएपनि अदालतले सो मुद्दामा म्याद नगरेपछि आरोपितलाई छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वासुदेव खतिवडाले बताउनु भयो । उहाँले पीडितले भनेजस्तो नभई प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको बताउनु भयो ।
पीडितले पत्रकार सम्मेलन गरी अधिकारकर्मी र पत्रकारको सहयोग मागेपछि प्रहरीले अनुसन्धानमा चासो नदेखाएको विषयले पत्रकार महासङघ, इलाम शाखाको ध्यानाकर्षण भएको महासङ्घका अध्यक्ष विप्लव भट्टराईले बताउनु भयो । उहाँले प्रहरीबाट पीडित अझ पीडित भएको घटनालाई पत्रकारहरूले सुक्ष्म ढङ्गले रिपोर्टिङ गरी पीडितलाई न्यायका लागि पहल गर्ने बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ०८० भदौ २६ गते गरिएको छ ।
मनोज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…