बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै आठ वर्ष कैदका साथै १ लाख रूपियाँ क्षतिपूर्ति भर्नुपर्ने फैसला भएको इजलास अधिकृत कुमार सुबेदीले बताउनु भयो ।
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपित विरुद्ध ०७५ पुस २६ गते उजुरी दर्ता गरेको थियो । आरोपित मण्डल भारततर्फ फरार भएको र गिरफ्तार नभएको अवस्थामा अदालतले ०७६ असार ३० गते मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो ।
घटनाको साढे चार वर्षपछि आरोपित ०७९ चैत १ गते अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि कारागारमा थुनामा परेका थिए । अदालतमा हाजिर भई निवेदन दिई मुल्तबीबाट मुद्दा जगाएका आरोपित जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले पुर्पक्षका लागि थुनामा पुगेका हुन् ।
आरोपितले ०७५ साउन ५ गतेदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडितले अभिभावकलाई ०७५ पुस १६ गते बताउनु भएको थियो । बालिकाको पेट ठूलो हुँदै गएपछि चिकित्सक कहाँ चेकजाँच गर्दा गर्भवती भएको थाहा पाएपछि सोधपुछ गर्दा मात्र घटनाबारे जानकारी पाएको पीडितका अभिभावकले बताउनु भयो ।
बाख्रा चराउन जाने गरेकी बालिकालाई ललाईफकाई आरोपितले पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७५ पुस २६ गते उजुरी दिनुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ पुस २६ गते भएको थियो । अस्पतालका चिकित्सकका अनुसार ०७५ पुस २७ गते भिडिओ एक्सरे गराउँदा पीडित बालिका २८ हप्ता तीन दिनकी गर्भवती थिइन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…