बलात्कार घटनाका आरोपितलाई १८ वर्ष ६ महिना कैद सजाय
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले व्यास नपा–१० विपीभन्ज्याङका २० वर्षीय यमबहादुर बिकलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको असार २४ गतेको इजलासले उक्त मुद्दामा दोषी ठहर गर्दै आरोपितलाई उक्त सजाय, ६ लाख रुपियाँ जरिबाना र १५ हजार क्षर्तीपुर्ति भराउने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो ।
पीडित बालिकालाई बिकले ०७७ मङ्सिर १५ गते बलात्कार गरेको र ०७८ जेठ १३ गते गर्भपतन गराएको भन्ने उजुरी परेपछि प्रहरीले बिकलाई ०७८ जेठ १४ गते गिरफ्तार गरेको थियो । पीडित बालिकालाई ०७७ मङ्सिर १५ गते र त्यसपछि पनि पटक–पटक बलात्कार गरेको तथा बलात्कारपछि रहेको गर्भलाई ०८७ जेठ १३ गते औषधि खुवाएर गर्भपतन गराएको आरोपमा प्रहरीले बिकलाई गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ जेठ १४ गते दमौली अस्पतालमा गरिएको थियो । उक्त मुद्दामा सरकारी वकिल कार्यालयले ०७८ असार ८ गते मुद्दा दर्ता गरेकोमा आरोपित जिल्ला अदालतको आदेशाम असार ९ गतेदेखि पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका प्रहरीले जनाएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…
वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निजका ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपित पतिले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै…
सरकारद्वारा कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा…