बलात्कार घटनाका आरोपितलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला
मिर्चैया नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मिर्चैया नगरपालिका–२ का १९ वर्षीय विमलेश महरालाई १८ वर्ष कैद सजायको फैसला ०८० असार १९ गते गरेको छ ।
जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । अर्का आरोपित सोही ठाउका २४ वर्षीय सतिससकुमार साफीलाई सफाय दिने फैसला भएको छ । त्यसैगरी आत्महत्या दुरुत्साहनमा १ वर्ष कैद र १० हजार जरीवाना र दुवै सजाय बापत ६ महिना कैद भएकोमा अधिकतम सजाय बापत महरालाई १८ वर्ष ६ महिना कैद भएको हो ।
बालिकाले ०७९ असार २१ गते बलात्कार पछि आत्महत्या गरेको आरोपमा आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले असार २१ गते उजुरी दिएका थिए । पीडित परिवारका अनुसार असार २० गते राति आरोपितहरूले बालिकालाई बलात्कार गरेको र स्थानीयहरूले थाहा पाए पछि आरोपितहरू भागेको र बिहान असार २१ गते बालिकाले घरमै सलले पासो लगाई आत्महत्या गरकी थिइन् । शवको पोष्टमार्टम धरानस्थित विपि प्रतिष्ठानमा असार २२ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपित सतिशलाई असार २८ गते गिरफतार गरेको थियो । सतिश साउन २५ गते अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा थिए । विमलेश जिल्ला अदालतमा ०७९ भदौ ८ गते हाजिर भई सोही दिन पुर्पक्षका लागि थुनामा रहेका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…