बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई ६ लाख रुपियाँ जरिवाना तिराउने र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको इजलास अधिकृत कुमार सुबेदीले बताउनु भयो । सुबेदीका अनुसार जरिवाना र क्षतिपूर्ति वापतको ६ लाख ५० हजार रुपियाँ पीडितलाई नै दिने फैसला समेत भएको छ ।
यस्तै फौजदारी कसुर पीडित राहत कोषमा आरोपितले १ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने फैसला भएको छ । जिल्ला अदालतमा हाजिर हुनासाथ सरदार ०७९ चैत २६ गतेदेखि राजविराज कारागारमा थुनामा छन् ।
आरोपितको वयानका आधारमा घटनामा सलंग्न रही फरार रहेका रुपनी गाउँपालिका–३ का १९ वर्षीय धर्मेन्द्र चौधरीको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ । चौधरीविरुद्ध ०७९ जेठ ११ गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतको आदेशमा ०७९ जेठ २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका रुपनी गाउँपालिका–३ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामले भने सफाई पाएका छन् । सुरेश र अन्य तीन जना बालक ०७९ जेठ २ गते नै गिरफ्तार भएका थिए ।
शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मेला घुम्न गएका बेला आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिण तर्फ पानी टंकी छेउमा बलात्कार गरेको पीडितले बताउनु भयो । आरोपितहरूबाट सामूहिक बलात्कार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७९ जेठ २ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले जेठ ३ गते उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ जेठ ३ गते नै गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
सप्तरी जिल्ला अदालतमा जेठ २३ गते अभियोगपत्र दायर भएको थियो । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको आदेशमा ०७९ जेठ २५ गते सुरैतलाल पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा र अन्य तीन जना बालक बालसुधार गृह वीरगञ्ज पठाइएको थियो । ती बालकहरू विरुद्धको मुद्दामा न्यायाधीश हेमन्त रावलको इजलासले ०८० जेठ २२ गते नै अभियोग दावीनपुग्ने फैसला गर्नुभएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…