बलात्कार घटनाका आरोपितलाई १९ वर्ष कैद सजाय फैसला

  ०७९ पुस २५ गते

२०७६ साउन ७ गते अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा ७१ वर्षिय जेष्ठ नागरिकलाई १९ वर्ष कैद सजायको फैसला भएको छ ।

२०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले आरोपितलाई सफाई दिएको थियो ।

तर, उच्च अदालतका न्यायधिश तेज प्रसाद शर्माको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै ०७९ वैशाख १४ गते १९ बर्ष ३ महिना कैदसहित १० हजार जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति सहितको सजाय तोकेको हो ।

आरोपितलाई कैद भुक्तानीका लागि पुस २४ गते जिल्ला काराकार कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं इन्सपेक्टर ज्ञान बहादुर खड्काले बताउनु भयो ।


नारायण क्षेत्री