बलात्कार घटनाका आरोपितले हिरासतमै गरे आत्महत्या

सरावल गाउँपालिका-३ का ५५ वर्षीय कानर चौधरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा थिए । चैत २७ गते बिहान हिरासत कक्षको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

६ वर्षीया बालिकालाई गत माघ १३ गते बलात्कार गरेको आरोपमा स्थानीयबासीले माघ १४ गते कुटपिट गरी माराणासन्न अवस्थामा पुर्‍याएकोमा घटनापछि फरार रहेका चौधरीलाई चैत २६ गते बर्दघाट नपा-४, स्थित बसपार्क नजिकबाट गिरफ्तार गरी हिरासतमा राखेकोमा रात बित्न नपाउँदै झुण्डिएर अत्महत्या गरेको इन्स्पेक्टर टेकबहादुर रावतले जानकारी दिए ।

घटनापछि स्थानिय जनप्रतिधि बर्दघाट नपाका प्रमुख धिरज शर्मा बस्याल, वडा अध्यक्ष रविन्द्र विक्रम हमाल मानव अधिकारकर्मी इन्सेक प्रतिनिधि नारायण पराजुली स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मीहरू र मृतकका परिवारको उपस्थितिमा शवलाई पोष्टमार्टमका लागि परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगिएको छ ।


नारायण पराजुली