बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनका २४ वर्षीय मिङ्मा शेर्पा र फुङलिङ नगरपालिका–८ दोखुका २१ वर्षीय पासाङ ग्याल्जेन शेर्पालाई गिरफ्तार गरेको छ ।

पीडितलाई महिलालाई आरोपितद्वयले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ११ गते गरिएको छ ।


देवराज गुरुङ