बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

सुनकोशी गाउँपालिका-१० का ५० वर्षीय लक्ष्मीप्रसाद दहाल र सिद्धिचरण नपा-११ का ३५ वर्षीय नवराज राईले पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख १८ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीका आधारमा आरोपिहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई दुर्गा भट्टराईले बताए ।

पीडितले दिएको उजुरीमा आरोपिहरूले ०७४ फागुन २३ र २५ गते बलात्कार गरेको उल्लेख छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा वैशाख १८ गते गरिएको थियो ।


शिवप्रसाद ढुङ्गाना