बलात्कार घटनाका आराेपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नगरपालिका–१० का २२ वर्षीय मनोज यादव विरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएकाे उजुरी प्रहरीले ०८० फागुन १० गते दर्ता गरेको छ ।

आरोपितले बालिकालाई माघ २८ गते देखि फागुन २ गते सम्म बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा फागुन ५ गते उजुरी दिएको बालिकाको आमाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन ६ गते भएको थियो ।

आरोपित फरार रहेकोले खोज तलास भैरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयाे ।


दुर्गा परियार