बलात्कार घटनाका आराेपित गिरफ्तार

११ वर्षीया बालिकालाई १५ वर्षीय बालकले बलात्कार गरेकाे आराेपमा प्रहरीले माघ १५ गते चन्दननाथ नगरपालिका -५ कालेखालीबाट गिरफ्तार गरेकाे हाे ।

आराेपितले पाँच महिना बलात्कार गरेकाे र पीडित बालिकाकाे स्वास्थ्यमा समस्या देखिन थालेपछि माघ १५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गर्न आएपछि घटना सार्वजनिक भएकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेश चन्दले जानकारी दिनुभयाे ।

पीडित बालिकाकाे स्वास्थ्य परीक्षण माघ १७ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भयाे ।

पीडित अभिभावकबाट लिखित उजुरी आउन बाँकी रहेकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेश चन्दले बताउनु भयाे ।


मानदत्त रावल