बलात्कार घटनाका अरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको अाराेपमा प्रहरीले जनकपुर उमनपा-१७ का ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई गिरफ्तार गरेको राससले जनाएको छ ।
पीडित बालिकालाई आरोपितद्वयले विभिन्न प्रलोभनमा पारेर पटकपटक यौनशोषण र बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अरोपितद्वलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी लालमणी आचार्यले बताए ।
बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुर्व्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको एसपी आचार्यले बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…