बलात्कार घटनाका अरोपित गिरफ्तार

  ०७८ जेठ २७ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का २५ वर्षीय राजकुमार चौधरीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १५ गते राति घरमा पसेर बलात्कार गरेको भन्दै पीडितपक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


जयनारायण पुन