बलात्कार घटनाका अरोपित गिरफ्तार

  ०७८ भदौ २४ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई भदौ २२ गते गिरफ्तार गरेको छ ।

भदौ २० गते राति घरमा एक्लै भएको समयमा बलात्कार गरेको भन्दै पीडितले अस्थायी प्रहरी चौकी, पाण्डुसेनमा भदौ २१ गते निवेदन दिएपछि अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले आरोपितलाई भदौ २२ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितविरुद्ध भदौ २३ गते जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर साउदले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते जिल्ला अस्पताल, बाजुरामा गरिएको छ ।


पदमबहादुर सिंह