बलात्कार घटनाका अरोपित गिरफ्तार

  ०७८ जेठ ३१ गते

सात वर्षीया बालिकालाई बलात्कार र नौ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितले जेठ ३० गते बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । डिएसपी सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जेठ ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन