बलात्कार घटनाकाआरोपित गिरफ्तार

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई  भदौ २९ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै दिएको मोखिक उजुरीका आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर अजयजंग थापाले बताउनु भयो ।

पीडितका आफन्तले भदौ ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका  डिएसपी. ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण  भदौ ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


शालिकराम डाँगी