बलात्कार गरेको मुद्दामा मुद्दा मुल्तबीमा राख्ने फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–६ खुटौनाका २८ वर्षीय कलाम अन्सारीलाई जिल्ला अदालतले चैत २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
अदालतमा ०७८ मङ्सिर २१ गते दायर भएको सो मुद्दा न्यायाधीश ध्रुवकुमार पियाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ असोज १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज १६ गते उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ असोज १६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले ०७७ असोज १६ गते उजुरी दर्ता गरेको थियो । आरोपित हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…