बलात्कार गरेको ठहर गर्दै १३ वर्षकैद फैसला
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ ।
जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले साउन ३२ गते उक्त फैसला गरेको हो ।
अदालतले सारुमगरलाई बलात्कारको आरोपमा आठ तथा बालिका सुस्त मनस्थितिकी भएकोमा थप पाँच वर्षगरी १३ वर्षकैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले बताए ।
पीडित बालिकालाई सारुमगरले ०७२ पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २५ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले सारुमगरलाई पुस २५ गते नै गिरफ्तार गरेर मुद्दा चलाएको थियो ।
यसैगरी पीडित बालिकाकी आमाले अदालतमा गरेको बकपत्रमा झुटो व्यहोरा लेखाएको भन्दै अदालतले पीडितकी आमालाई समेत एक महिना कैद सजाय हुने फैसला गरेको छ । 'प्रहरी कार्यालयमा दिएको सुरुको जाहेरी र त्यसलाई पुष्टि गर्ने अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका प्रमाण मिल्दामिल्दै आरोपितलाई उन्मूक्ति दिने उद्देश्यले अदालतमा झुटो व्यहोरा लेखाएको पाइयो'-जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले भने । उनले इन्सेक जिल्ला प्रतिनिधिसँग भने-'अदालतमा दिइएको बकपत्रमा झुटो व्यहोरा लेखाएकाले पीडितकी आमालाई एक महिनाको कैद सजाय सुनाइएको हो ।'
अतिरिक्त जिल्ला न्यायाधीश शाहले गरेको फैसलामा भनिएको छ, 'जाहेरवालाले अदालतमा गरेको बकपत्रमा झुटो व्यहोरा लेखाएको हुँदा निजलाई एक महिना कैद सजायका लागि जिल्ला कारागार चलान गर्नु ।'
दुर्गा थापा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…