बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ३ महिना जेल सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ३० वर्षीय नातेदारलाई जिल्ला अदालत धादिङले कात्तिक २९ गते ८ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई बलात्कार गरेको कसुरमा आठ वर्ष र हाडनाता करणीको आरोपमा तीन महिना थप गरी ८ वर्ष ३ महिना जेल सजायको आदेश गरिएको अदालतले जनाएको छ । अदालतले पीडित बालिकालाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिन पनि फैसालामा भनेको छ ।
पीडित बालिकालाई आरोपितले ०७२ फागुन २४ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा फागुन २९ गते उजुरी दिएकी थिइन् ।
प्रहरीले चैत ४ गते आरोपितलाई गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतको आदेशले आरोपित पूर्पक्षका लागि थुनामा रहेका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल धादिङमा ०७२ फागुन २९ गते गरिएको प्रहरीले जनाएको छ ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…