बलात्कार गरेको ठहर गर्दै ६ वर्षकैदको सजाय

२२ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै रानीवास गाविस-४ का २४ वर्षीय पवन मगरलाई जिल्ला अदालत भोजपुरले ६ वर्षकैद सजायको फैसाला सुनाएको छ ।

न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले मगरलाई बलात्कारको घटनामा दोषी ठहर गर्दै कात्तिक २४ गते उक्त फैसला सुनाएको हो ।

पीडित महिलालाई मगरले ०७३ साउन २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २८ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीपछि आरोपितलाई प्रहरीले साउन २८ गते नै गिरफ्तार गरी मुद्दा चलाइएको थियो ।


किरण राई