बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय
१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठ वर्षकैदको सजाय सुनाएको हो ।
भदौ १३ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै दाहालको इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बर समेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बर बमोजिम तीन वर्षगरी १६ वर्षकैद सजाय सुनाएको छ । अदालतले राईलाई पीडितका नाममा ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
पीडित बालिकालाई ०७० साल यता पटक-पटक बलात्कार गर्दै आएको भन्दै राईविरूद्ध ०७२ फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । राईलाई फागुन १८ गते नै प्रहरीले गिरफ्तार गरेको थियो ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…