बलात्कार गरेको ठहर गर्दै १२ वर्षकैदको फैसला

  ०७३ चैत १५ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सल्यान जिल्ला शारदा नपा-१५ का २३ वर्षीय रमेश रावललाई १२ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत १४ गते रावललाई दोषी ठहर गर्दै १२ वर्षकैद र पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला सुनाएको हो ।

पीडित बालिकालाई आरोपि रावलले विवाह गर्छुभन्दै फकाएर तुलसीपुरको एक होटलमा गत माघ १८ गते बलात्कार गरेको आरोप थियो ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा माघ १९ गते उजुरी दिएपछि सोही दिन बिहान भाग्दै गरेको अवस्थामा दाङको जसपुरबाट आरोपितलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १९ गते राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा भएको थियो ।


जे.एन.सागर