बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

  ०७३ पुस ४ गते

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४ गते १० वर्षकैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार सुवर्ण खनालले बताए ।

गत वर्ष फागुन १० गते पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले ०७२ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपितलाई फागुन ११ गते नै गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।


यज्ञमूर्ति तिमिल्सिना