बलात्कार गरेको ठहरसहित १० वर्षकैदको फैसला
रिब्दीकोट गाउँपालिका-४ की चार वर्षीया बालिकालाई अप्राकृतिक मैथुन एवम् बलात्कार गरेको ठहरसहित जिल्ला अदालत पाल्पाले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका-४ घर भई रिब्दीकोट गाउँपालिका पाल्पामा ज्यालामजदुरी गर्दै आएका १९ वर्षीय शिवकुमार तिवारीलाई १० वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
असार २६ गते न्यायाधीश भरतमणी खनालको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले बताए ।
गत जेठ ४ गते आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । प्रहरीले सोही दिन नै तिवारीलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…