बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१ वर्षकैदको फैसला सुनाएको छ ।
गत फागुन महिनामा पटकपटक बलात्कार गरेको र अन्तिम पटक फागुनको २५ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको आमाले दिएको उजुरीको आधारमा आरोपितलाई फागुन ३० गते प्रहरीले गिरफ्तार गरेको थियो । आचार्यलाई जिल्ला अदालतले चैत २६ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
उनलाई हाडनाता करणी गरेको ठहरमा १० वर्ष र जबरजस्ती करणी गरेको ठहरमा ११ वर्षगरी २१ वर्षकैद तथा पीडितका लागि १ लाख ५० हजार क्षतिपूर्ति दिलाउने फैसला भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी खुमप्रसाद भण्डारीले जानकारी दिए ।
विष्णुप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…