बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही नपा-६ फुर्सेखालीका ३३ वर्षीय टेकबहादुर पुनलाई पाँच वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक ४ गते बलात्कार घटनामा दोषी ठहर गर्दै पुनलाई पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले जानकारी दिए ।

पीडित महिलालाई आरोपितले ०६९ साल माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै फरार भएका पुनलाई प्रहरीले ०७२ कात्तिक १३ गते गिरफतार गरी मुद्दा चलाएको थियो ।


जे.एन.सागर