बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार चेतराज पन्तले बताउनु भयो ।
पीडित बालिकालाई २०८१ असोज १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १८ गते इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जवरजस्तीकरणी अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको कात्तिक १३ गतेको आदेशमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ असोज १८ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…