बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

  ०८१ असार ६ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कैलारी गाउँपालिका—७ रामपुरका ११ वर्षीय बालकलाई असार ५ गते ६ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछाानेको इजलासले कसूर ठहर गरी ६ महिना कैद सजाय, २५ हजार क्षतिपुर्ति र २ सय रुपियाँ पीडित राहत शुल्क भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी कमल घलेले बताउनु भयो ।

पीडित बालिकालाई २०८० चैत २५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन चैत २५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८१ वैशाख १२ गते आफन्तको जिम्मा लगाएको थियो । कसूरदार हाल पनि आफन्तैको जिम्मामा रहेका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० चैत २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।


मैनामोती चौधरी