बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
६१ वर्षीया वृद्धालाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको कसुरमा म्यागङ गाउँपालिका–३ का ४४ वर्षीय विष्णु सुनारलाई जिल्ला अदालतले गर्दै १३ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले चैत २० गते उक्त फैसला गरेको हो ।
फैसलामा २ लाख ४० हजार रुपैयाँ जरिवाना समेत भराउन फैसला भएको जिल्ला अदालतका इजलास अधिकृत रिता लामिछानेले जानकारी दिनुभयो ।
कसुरदार सुनारले पीडितलाई ०७८ जेठ १५ गते धारिलो हतियार प्रहार गरी घाइते बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १७ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला अदालतको ०७८ असार १० गतेको आदेशमा सुनार पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण तथा उपचार त्रिशूली अस्पतालमा जेठ १६ गते र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा भएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…