बलात्कार गरेको कसुरमा ७ वर्ष १ महिना कैदको फैसला
५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धुनीबेसी नगरपालिका-२ का ३८ वर्षीय सन्तोष रम्तेललाई ७ वर्ष १ महिना कैदको फैसला गरेको छ ।
न्यायाधीश मनकुमारी जिएम बिकको असोज १५ गतेको इजलासले कसुरदार ठहरिएका रम्तेललाई ७ वर्ष १ महिना कैद, ३ लाख रुपियाँ जरिबाना, पीडित राहत कोषमा १२ हजार तिर्नुपर्ने र पीडितलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भणडारीले बताउनु भयो ।
रम्तेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलमार्फत ०८१ असार १८ गते जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
पीडित पक्षले ०८१ जेठ १४ गते आरोपितले बलात्कार गरेको भन्दै जेठ २९ गते उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा जेठ २९ गते गरिएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…